Aamsanchar

मोरङमा झापाका एक युवाले गरे पेट्रोल छर्किएर आत्मदाहको प्रयास

Author Image
सोमवार, भदौ ११, २०८०

विराटनगर : मोरङको सुनवर्षीमा एक युवाले सोमबार दिउँसो पेट्रोल छर्किएर शरीरमा आगो लगाउँदै आत्मदाहको प्रयास गरेका छन्।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार झापाको गौरादह नगरपालिका-६ घर भएका अन्दाजी २० वर्षीय अभिषेक सिंहले पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएका हुन्। सिंहले सुनवर्षी नगरपालिका-९ स्थित आदर्श माध्यमिक विद्यालय नजिक आफ्नो शरीरमा पेट्रोल छर्किएर आफैंले आगो लगाएको दाहालले बताए।

उनका अनुसार सुनवर्षी-९ माझी गाउँमा सिंहको मामा घर हो। मामा हजारीलाल सिंहको घरमा आएका उनले दिउँसो साढे १२ बजेतिर शरीरमा आगो लगाएको जानकारी प्रहरीले दिएको छ। पेट्रोल छर्किएर आगो लगाउँदै आत्मदाह प्रयास गर्नुको कारण यकिन भई नसकेको डीएसपी दाहालले जानकारी दिए।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक (इन्सपेक्टर) बुद्धि चौलागाईं नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ। अनुसन्धानपछि घटनाको कारण पत्ता लाग्ने दाहालले बताए। स्थानीयले शरीरमा लागेको आगो निभाएर घाइते अवस्थाका सिंहलाई उद्धार गर्दै उपचारका लागि रंगेली अस्पतालमा ल्याएका थिए।

प्रहरीका अनुसार आगोले सिंहको छात्ती, हात, खुट्टालगायत शरीरका विभिन्न भाग जलेको छ। गम्भीर अवस्थाका उनलाई थप उपचारका लागि आफन्तले विराटनगरतर्फ ल्याएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर