झापा ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देनले यथास्थितिमा स्थानीय निकायको निर्वाचन हुन नसक्ने बताउनुभएको छ ।
पार्टीको पाँचौं जिल्ला अधिवेशनको आज बिर्तामोडमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । प्रान्तले गर्ने चुनाव केन्द्रले गरेर हस्तक्षेप गरेको भन्दै उहाँले पहिले प्रान्तको चुनाव गरेर मात्र स्थानीय निकायको चुनाव गर्नुपर्ने भन्नुभयो ।
प्रान्तको टुंगो नलागेको अवस्थामा स्थानीय निकायको चुनाव घोषणा गरेको भन्दै लिम्बुवानको आन्दोलनलाई बेवास्ता गर्दै चुनाव गर्न खोजे आफूहरु सशक्त आन्दोलनमा उत्रने उहाँको चेतावनी थियो ।
अरुण पूर्वका नौ जिल्लालाई छुट्टै लिम्बुवान राज्य घोषणा गरिनुपर्ने माग गर्दै उहाँले भन्नुभयो –‘ सिमाङ्कनको विवाद नमिलाइकन गरिएको चुनाव आफूहरुलाई मान्य हुँदैन ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 137