Aamsanchar

राष्ट्रपति पौडेलको स्वागतका लागि विद्यार्थी पठाउन प्याब्सन र एनप्याब्सनको आग्रह

Author Image
आइतवार, असोज ७, २०८०

जनकपुर ।  राष्ट्रपति रामचन्द्र पौडेल सोमवार जनकपुरधाम जाने भएका छन् ।

राष्ट्रपतिको स्वागतका लागि आ–आफ्नो विद्यालयबाट कम्तीमा ५० जना विद्यार्थी लिएर आउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले आग्रह गरेका छन् । विद्यार्थी भाइबहिनीलाई विद्यालय पोसाकमा देशको झण्डासहित सहभागी गराइदिनुहुन सादर अनुरोध छ’ जारी विज्ञप्तिमा भनिएको छ ।

प्याब्सनका रवीन्द्रकुमार चौधरी र एनप्याब्सनका दीपककुमार ठाकुरले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै स्वागतका लागि विद्यार्थी पठाउन आग्रह गरेका हुन् ।

यस्तै राष्ट्रपतिको स्वागतको लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रलाई झकिझकाउ बनाइएको छ ।

साथै सांस्कृतिक केन्द्रको प्रांगणमा सरसफाइ र वाटर फाउण्टेनलाई समेत आकर्षक बनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर