Aamsanchar

इतिहास अव चिनोमा सिमित

Author Image
शुक्रवार, जेठ २८, २०७३

ऐतिहासीक सिन्धुलीगढी दरवारको भग्नाअवेसमा फोटो खिच्दै दुई आन्तरिक पर्यटक ।
४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ । सिन्धुलीगढी नेपाल९अंग्रेज० युद्धको जीवित दस्तावेज हो । त्यस क्षेत्रमा निर्माण गरएिका अप्ठ्यारा खाल्डा, शत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू अहिले अचम्मलाग्दा देखिन्छन् । यो क्षेत्र घुम्दा त्यसबेला नेपाली योद्धाले गर्ने युद्ध रणनीतिको अनुमान लगाउन सकिन्छ । तत्कालिन सत्रु डोयहरूले काठमाडौंँ लुटपाट गरेको करीव ४० वर्ष पछाडी फेरि पनि विसं १४०६ मंसिरमा राजा जयस्थिति मल्लको पालामा बंगालको सुल्तान समसुद्धिन इलियासले काठमाडौंं लगभग ध्वस्त बनाएर बंगाल फर्किदा पुनः सिन्धुलीगढीको बाटो फर्किएपछि सिन्धुलीगढीलाई प्रमुख रणनितिक नाकाको रूपमा लिएर शशक्त बनाइएको हुन सक्छ । काठमाडौंँ माथि आक्रमण हु्ँदा यही नाकाबाट शत्रुहरू आउने भएकोले काठमाडौंँका तत्कालिन शासक जयस्थिति मल्लले विसं १४११ र १४५२को विचमा यसको निर्माण गरेको इतिहासकारहरूको अनुमान छ ।जिर्ण रहेको उक्त दरवार गतबर्षको भुकम्पले अझ जिर्ण बनाएको छ ।तस्वीर ः विनोद पाण्डे/आमसंचार_MG_9684 copy

Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर