Aamsanchar

हमासको आक्रमणमा परी ज्यान गुमाएका आनन्द साहको अन्त्येस्टी

Author Image
आइतवार, कार्तिक १९, २०८०

काठमाडौं – इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका आनन्द साहको शव उनको पुख्र्यौली घर लगिएको छ।

हमासको आक्रमणमा परी मृत्यु भएको २७ दिनपछि उनको शव जनकपुर लगिएको हो। नेपाली सेनाको विमानबाट उनको शव शनिवार साढे ४ बजे जनकपुरधाम विमानस्थलमा लगिएको थियो।

विमानस्थलबाट नेपाली सेनाकै टोलीले आनन्दको शव सपहीसम्म पुर्‍याएको थियो। आनन्दको शव सपही पुग्दा पूरै गाउँ भावविह्वल बनेको थियो। उनको शवको शनिबार नै दाह संस्कार गरिएको हो। आनन्दको शवलाई उनको काकाको छोरा बेचन साहले दागबत्ती दिएका थिए।

आनन्दको मृत्यु गत असोज २१ गते इजरायलमा हमास चरमपन्थी समूहको आक्रमणमा परी मृत्यु भएको थियो। जनकपुरधामस्थित एन्जल्स बोर्डिङ्ग स्कुलबाट एसईई उत्तीर्ण गरेका उनी पूर्ण छात्रवृत्तिमा बिएससी एग्रिकल्चर गरेका थिए। सुदूरपश्चिमको कृषि विश्वविद्यालयबाट ५० नेपाली विद्यार्थीलाई कृषि क्षेत्रमै पोख्त बनाउनका लागि १० महिने प्रशिक्षणका लागि इजरायल पठाइएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर