Aamsanchar

बिर्तामोड जुत्ता चप्पल महोत्सवमा खरिदकर्ताको संख्या बढ्दै

Author Image
शुक्रवार, पौष १३, २०८०

बिर्तामोड । कोशी प्रदेशमै पहिलो पटक बिर्तामोडमा शुरु भएको एक महिने जुत्ता चप्पल महोत्सवमा अवलोकन तथा खरिदकर्ताको  संख्या बढ्दै गएको छ ।
महोत्सव सुरु भएको  पाचौँ दिन हुँदा अनुमानित २ हजार  ५०० सय भन्दा धेरै सर्वसाधारणहरू महोत्सव स्थलमा आएको उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य , फुटवेयर म्यानुफ्‌याक्चर्स एशोसिएसन अफ नेपालका अध्यक्ष तथा महोत्सवका संयोजक नानीराज घिमिरेले बताए ।

‘स्वदेशी उत्पादन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ यही पुष ९ गते देखि माघ ९ गतेसम्म कोशी प्रदेशस्तरीय ‘प्रथम बिर्तामोड जुत्ता चप्पल व्यापार महोत्सव २०८०’ शुरु भएको हो । बिर्तामोड सिटी सेन्टर इन्भेष्टमेन्ट प्रालिको आयोजना तथा नेपाली जुत्ता उद्योगी समूहसँगको सहकार्यमा महोत्सवको आयोजना गरिएको हो ।

सिटी सेन्टरको बहिर आयोजना भएको महोत्सवमा नेपालका ८ वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्रान्डका जुत्ता चप्पल राखिएको छ । महोत्सवमा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्रान्डहरू– रोयल फुटवेयर इन्डष्ट्रिज प्रालिको रोयल शुज, वेश फुटवेयर इन्डष्ट्रिज प्रालिको उत्पादन बीएफ डियर हील शुज , लालीगुराँस फुटवेयर इन्डष्ट्रिज प्रालिको क्रशरोड शुज , शुभकामना फुटवेयरको फस्टवाक शुज , स्मार्ट शुज इन्डष्ट्रिज प्रालिको स्मार्ट शुज , डी। जे। शुज कम्पनीको डीजे शुज , एक्सन फुटवेयर कम्पनीको टुरिस्ट शुज र रन शुज इन्डष्ट्रिज प्रालिको रन शुज गरी ८ वटा कम्पनीको १५ भन्दा बढी ब्राण्डहरुको सहभागिता रहेको छ । मेलामा ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध छन् ।

महोत्सवमा नयाँ डिजाइनका आकर्षक जुत्ता चप्पल खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुटको ब्यवस्था रहेको, महोत्सव बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहेको फुटवेयर म्यानुफ्‌याक्चर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष तथा रन शुज इन्डष्ट्रिजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर