Aamsanchar

मानवीय सेवामा लायन्स क्लब अफ बिर्तामोड लेडी

Author Image
बिहिवार, पौष २६, २०८०

बिर्तामोड । मानवीय सेवा नै परम कर्म हो भन्ने मान्यता राख्ने अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अन्तरगत नेपालको एक शाखा लायन्स क्लब अफ बिर्तामोड लेडीले झापाको कनकाई नगरपालिका ४ स्थित पुकार अपांग अशक्त समाजमा आश्रितहरूलाई सहयोग गरेको छ ।

संस्थाका पदाधिकारीहरूले बिहीवार अपांग र असहाय बालबालिकाहरूलाई खाद्यान्न, तरकारी, फलफूल र उपभोग्य सामानहरू वितरण गरेका हुन् । ६० केजी चामल, १० केजी मुरै, २० केजी चिउरा, २७ केजी फूलकोपी, ३२ केजी बन्दाकोपी, एक क्यारेट टमाटर, एक क्यारेट सुन्तला, एक काटुन अंगुर, डाइपर , साबुन, नुन, खानेतेल, चिनीलगायतका सामान वितरण गरिएको लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरू उप्रेती ओलीले बताइन् ।

अध्यक्ष ओलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लबका डिस्ट्रिक्ट चिफ सत्यनारायण शर्मा, विशिष्ट अतिथि डिस्ट्रिक्ट चिफ निरज ओली, पुकार अपांग अशक्त समाजका सञ्चालक निर्मला शर्मासहित लायन्सका सदस्यहरूको उपस्थिति रहेको थियो ।

लायन्स क्लब अफ बिर्तामोड लेडीको यो ३८ औं कार्यक्रम हो । केही दिनअघि लायन्स क्लब अफ बिर्तामोड लेडीले अर्जुनधारा ८ स्थित चन्द्रोदय प्राथमिक विद्यालयका १५८ जना विद्यार्थीहरूलाई स्विटर र शैक्षिक सामग्री वितरण गरेको थियो भने हिमाली मावि लक्ष्मीपुरका विद्यार्थीहरूलाई झुल र किराना सामान सहयोग गरिएको अध्यक्ष ओलीले जानकारी दिएकी छन् ।

Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर