

दाङ – अत्यधिक चिसो बढेकोसँगै दाङको लमही नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

चिसोले बालबालिकालाई असर पुर्याउन थालेपछि पठनपाठन बन्द गर्ने निर्णय भएको हो ।

हिजो बसेको नगर कार्यपालिका बैठकले आज माघ ९ गतेदेखि माघ १२ गतेसम्म नगरभित्रका निजी र सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने निर्णय गरेको शिक्षा शाखाले जनाएको छ ।


Views: 154

