एजेन्सी ।
केही मानिस आफूलाई पातलो बनाउन खोजिरहेका हुन्छन् । यसका लागि उनीहरु थुप्रै तरिकाहरु अपनाइरहेका हुन्छन् । तर, उनीहरुलाई केही फरक परिरहेको हुँदैन । यसको कारण उनीहरुलाई थाहै हुँदैन । यदि तपाई पनि तरिका थाहै नपाएर तौल खटाउन लागेमा यस्तै हुनेछ । तर, यस्तो गल्ती कहिलै नगुर्नहोस्ः
– कैयौं मानिस आफ्नो तौल घटाउनका लागि प्रोटिनयुक्त डाइट खान नै बन्द गरिदिन्छन् । जर्नल अफ न्यूट्रिशनमा प्रकाशित एक शोधअनुसार प्रोटिनयुक्त डाइट खाएमा तौल घटाउन सहज हुन्छ । यसले पेट मात्रै भर्ने काम गर्छ भने शरीरको मोटोपन घटाउने काम गर्छ ।
– कैयौं मानिसलाई तनावकै कारण पनि तौल बढ्ने गर्छ । किन भने मानिस यो अवस्थामा धेरै खाना खाने गर्छ । साथै तनावकै कारण शरीरमा कार्टिसोलको स्तर र मोटोपन बढ्छ । यसकारण तनाव लिने काम नगर्नुहोस् ।
– मानिसलाई निद्राको मात्रामा तलमाथिी भएमा पनि मोटाउने गर्छ । आवश्यकता भन्दा बढी वा कम निदाएमा मेटाबलिज्म विग्रिन्छ । यसकारण मानिसले नौं घण्टासम्म निदाउँनै पर्छ । दैनिक नेपाल