Aamsanchar

दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ युवाको ज्यान गयाे

Author Image
बिहिवार, चैत २९, २०८०

भोजपुर – भोजपुरको आमचौक गाउँपालिका–१० स्थितमा दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ।

बुधबार दिउँसो १ बजे आमचोक– ६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राईको दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ।

उनीहरुको शवलाई पोष्टमाटमको लागि धरानको घोपा पठाइएको प्रहरीले जनाएको छ।

Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर