Aamsanchar

इलामा १५ वर्षीया बालिकालाई बला*त्कार गर्ने युवकलाई १२ वर्ष कैद फैसला

Author Image
बिहिवार, जेठ ३१, २०८१

इलाम-इलामको सूर्योदय नगरपालिका–४ का २७ वर्षीय मिलन घिमिरेलाई बालिका बलात्कार गरेको आरोपमा जिल्ला अदालत इलामले १२ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले घिमिरेलाई १२ वर्ष कैदसहित पाँच लाख रुपियाँ जरिवानाको फैसला सुनाएको हो ।

घिमिरेले १५ वर्षीया एक बालिकालाई ०८० भदौ १२ गते इलाम सदरमुकामस्थित एक होटलमा राखेर बलात्कार गरेको तथ्य प्रमाणित भएको जिल्ला अदालत इलामले जनाएको छ ।

घटना लगतै घिमिरे पुर्पक्षका लागि थुनामा रहेका थिए । बालिका करणी गरेको तथ्य पुष्टि भएपछि घिमिरेलाई मुलुकी संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) बमोजिम जबरजस्ती करणीको कसुर गरेको अभियोग लगाइएको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर