भक्तपुर। हिजो जति हजुरआमा हजुरबुबा र नातिनातिनावीचको सम्वन्ध प्रगाढ थियो आज त्यति छैन । सगोलमा भन्दा छुटिएर वस्न मन पराएको नेपाली परम्पराले हजुरआमा हजुरबुबावीचको सम्वन्ध चाहेर पनि एकै परिवारमा हुन सकिरहेको छैन कतिपय परिवारहरुमा । हजुरआमा हजुरबुबाबीचको यही सम्वन्ध विच्छेडलाई थोरै मात्रै भए पनि नजिक ल्याउन सकून भन्ने उद्देश्यले भक्तपुरको एउटा स्कुलले हजुरआमा हजुरबुबाको सम्मानमा विहीबार भक्तपुरमा ग्रायण्ड प्यारेन्स डे सेलिव्रेसन (हजुरआमा हजुरबुबा दिवस २०८१) मनाएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
हजुरआमा हजुरबुबाबीचको प्रगाढ सम्वन्ध पहिलो जति चल्थ्यो, अहिले त्यो अनेक कारणले असाध्यै कम हुन थालेको हो, आयोजक एभरेस्ट स्कुल भक्तपुरका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले भने, यो खाडललाई थोरै मात्रै पुर्न सकून् भन्ने उद्देश्य हाम्रो हो ।
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
कार्यक्रममा नानीबाबुहरु र हजुरआमा हजुरबुबाहरुलाई सँंगै राखेर माया साटासाट गर्न दिइएको थियो । साथै बालबालिकाहरुले गीत, नृत्य, नाटक देखाएर हजुरआमा हजुरबुबाहरुलाई रमाउन दिएका थिए । साथै हजुरआमा हजुरबुबाहरुले कथा, अनुभब सुनाएका थिए । साथसाथै नानीबाबुहरुले आआफना हजुरआमा हजुरबुबाहरुलाई मायास्वरुप प्रदान गरी यसअघि नै बनाएको ग्रेडिंग कार्ड हस्तान्तरण गर्न लगाइएको थियो । साथसाथै हजुरआमा हजुरबुबालाई संगसँंगै राखेर चियापार्टी पनि गर्न लगाइएको थियो ।
कार्यक्रममा एक जना नानीबाबुका घटीमा एकजनादेखि वढीमा चार जनासम्म अभिभावक –हजुरआमा, हजुरबुबा, बुबा, आमा) सहभागी भएको स्कुलका प्रिस्कुल कोअर्डिनेटर प्रेमशिला प्रधानले बताइन् । उनले प्रत्येक वर्ष यस्ता कार्यक्रमहरुलाई स्कुलले निरन्तरता दिंदै आएको जानकारी गराइन् ।