बिर्तामोड । नेपाली म्युजिक भिडियोको क्षेत्रमा फरक प्रस्तुतिका साथ नयाँ भिडियो ‘ज्यानमाया’ आज रिलिज भएको छ ।
तीन घण्टा अघि आरटी इन्टरटेनमेन्ट युवटुव च्यानल मार्फत रिजिल गरिएको भिडियोलाई १४ हजार भन्दा धेरै दर्शकले हेरिसकेका छन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
भिडियोलाई समय साक्षेप दर्शकमाझ प्रस्तुत गर्न निर्माण पक्षले भिडियो निर्माणमा ठुलै लगानी गरेको छ । निर्माण पक्षको भनाई अनुसार नेपालमै सबैभन्दा धेरै लगानीमा तयार भएको भिडियो ज्यानमाया रहेको छ । ज्यानमायामा नेपाली १६ लाख रुपैयाँ लगानी भएको कलाकार याम खरेलले जानकारी दिए ।
गम्भिर विष्टको निर्देशनमा बनेको म्युजिक भिडियोमा कोरियाग्राफी राजिवकुमार कर्ण, छायांकन पवन सुस्लिमले गरेका छन् । ज्यानमायामा नवराज ढुंगानाको शब्द, स्मिता दाहालको स्वर र दीपक शर्माको संगीत रहेको छ ।
झापा धुलावारीका सरोज ओलीले निर्माण गरेको यो म्युजिक भिडियो पनि युटुव ट्रेन्डिङमा पुग्ने देखिएको छ । उनले निर्माण गरेका प्राय सबै भिडियोहरू चर्चाको चुचुरोमा पुगेका छन् ।