Aamsanchar

झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा १९ वर्षीय युवकको ज्यान गयाे

Author Image
सोमवार, साउन ७, २०८१

बिर्तामोड-झापाको दमक नगरपालिका–३ धिमाल टोलको खोल्सीमा करेन्ट लगाइ माछामार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

स्थानीय १९ वर्षीय मौसम राईको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाम सूर्योदय नगरपालिका –१३ लक्ष्मीपुर घर भई दमकमा बस्दै आउनुभएका राई सोमबार दिउँसो २ बजेको समयमा करेन्ट लगाएर माछा मार्नेक्रममा घाइते हुनुभएको थियो ।

घाइते राईको उपचारका लागि दमक आम्दा अस्पतालमा लगिएकोमा उपचारका क्रममा सोहिदिन साढे ३ बजे मृत्युभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसबारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर