Aamsanchar

एकै परिवारका तीनजनामा हैजा

Author Image
शुक्रवार, साउन १८, २०८१

स्वर्गद्वारी –प्युठानमा तीनजनामा हैजा संक्रमण पुष्टि भएको छ । उनीहरु एकै परिवारका सदस्य हुन् ।

गौमुखी गाउँपालिका–५ का एकै परिवारका तीनजना हैजा संक्रमित भएको गौमुखी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए ।

तीनै जनालाई झाडापखाला लागेपछि उनीहरुको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

“जिल्ला अस्पतालमा परीक्षणका क्रममा तीनैजनामा हैजा पुष्टि भएको हो”, उनले भने । गौमुखी गाउँपालिकाका आठजनामा झाडापखाला देखिएको थियो । उनीहरुको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Views: 68

प्रतिक्रिया (०)