Aamsanchar

काजक्रिया गरिएका एक ब्यक्ति ६४ वर्षपछि जीवित फेला

Author Image
बिहिवार, साउन २४, २०८१

पिथौरागढ – कामका सिलसिलामा भारत गएका एक नेपालीको मृत्यु भइसकेको परिवारले ठानेकामा ६४ वर्षपछि जीवितै फेला परेका छन् । बैतडीको पुर्चुनीहाटका नरसिंह राउटाके १७ वर्षको उमेरमा कामका निम्ति उत्तराखण्डको पिथौरागढ गएका थिए । लामो समय उनीसँग परिवारको कुनै सम्पर्क नभएकाले मृत्यु भइसकेको ठानिएको थियो ।

झुलाघाटका सुरेन्द्र कुमारका अनुसार, थुप्रै कामदार नेपालको पुर्चुनीहाट क्षेत्रबाट पिथौरागढमा कामको खोजीमा जाने गरेका छन् । उनीहरूबीच नरसिंहलगायत हराएका मानिसका बारेमा कुराकानी हुने गरेको थियो । पुर्चुनीहाट नेपाल र भारतको सीमाक्षेत्रको ठाउँ हो ।

उनका बारेमा यसअघि पिथौरागढ र उत्तराखण्डका विभिन्न स्थानमा खोजी गरिएको थियो । तर, फेला नपरेपछि परिवारले उनको अन्तिम काजक्रिया समेत गरेको थियो ।

आफूलाई नरसिंह दाबी गर्ने व्यक्ति उनको गाउँबाट ५० किमि टाढाको ठाउँमा घुमफिर गरिरहेको केही दिनअघि परिवारले खबर पायो । नरसिंहका भतिज गामीसिंह राउटाकेका अनुसार, उनले आफ्ना काकालाई कहिल्यै भेटेका थिएनन् । तर, परिवारका ज्येष्ठ सदस्यहरूबाट सुनेका थिए ।

उनले त्यो मान्छेलाई भेट्ने निर्णय गरे र केही आफन्तसहित त्यहाँ गए । परिवारका सदस्यले भेटेपछि ती व्यक्ति उनीहरूका हराएका आफन्त हुन् भन्ने पुष्टि भएको थियो । त्यसपछि उनलाई घरमा लगियो । टाइम्स अफ इन्डियाबाट ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर