Aamsanchar

दुर्गा मावि गरामनीका विध्यार्थीलाई वासिङ् मेसिन र ब्याग वितरण

Author Image
शनिवार, साउन २६, २०८१

झापा- झापा बिर्तामोडमा रहेको दुर्गा माध्यमिक बिध्यालयका बिध्यार्थीहरुलाई शुक्रबार एक कार्यक्रमका विच शैक्षिक सामाग्रि बितरण गरिएको छ । रोटरी क्लब अफ बिर्तामोड, रोटरी क्लब अफ डिल्लिबजार काठ्माण्डौ र रोटरी क्लब अफ मोडिअलक अस्ट्रेलियाले संयुक्त रुपमा १ सय ६४ थान स्कुल ब्याग र ६ जोर जुत्ता बितरण गरेको हो । कक्षा ६ देखि कक्षा ८ सम्म अध्ययनरत बालबालिकाहरूको लागि प्रदान गरिएको जनाइएकाे छ।

सोही अवसरमा कंचनजंघा स्कुलका प्रिन्सिपल गुरुभक्त न्यौपानेले दृष्टि  विहिन बिध्यार्थीका लागि एक थान वासिङ् मेसिन र ५ थान सेतो छडी प्रदान गर्नुभएको छ ।

शैक्षिक सामग्री वितरण समारोहमा प्रमुख अतिथि बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रोलाले रोटरी क्लबले स्थानीय स्तरमा सञ्चालित सामुदायिक विद्यालयका विपन्न वर्गका विद्यार्थीहरूलाई स्कुल ब्याग सहितको शैक्षिक सामग्री प्रदान गरेर विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्‍याएप्रति आभार व्यक्त गर्नुभयाे।

रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष सुरेस कुमार अग्रवाले बिपन्न बिध्यार्थीहरुको दयानिय अवस्था देखेर यस कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

रोटरी क्लब अफ डिल्लिबजारका अध्यक्ष सागर निधी तिवारीले प्राप्त सामाग्रिबाट शिक्षाका लागि सहजदा महसुुुस गराउँने बताउनुभयो । साथै उहाँले बिध्यालयका लागि थप सहयोगको योजना बनाएको पनि जानकारी दिनुभयो ।

कंचनजंघा स्कुलका प्रिन्सिपल न्यौपानेले सबैले आ आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो ।

हाल दुर्गा माध्यमिक बिध्यालयमा ८५० जना बिध्यार्थी अध्यनरत रहेका छन् । १४ जना दृष्टि विहिन बिध्यार्थी अध्ययन गरिरहेको बिध्यालयमा आवासिय रुपमा ८ जना रहेका छन् । प्राप्त सामाग्रिबाट बिध्यार्थीको दैनिकिमा सहयोग पुग्ने प्रधानाध्यापक लक्ष्मण सिवाकोटीले बताउनुभयो ।

कार्यक्रममा रोटरी क्लब अफ डिल्लीबजारका तर्फबाट निवर्तमान अध्यक्ष सम्झना पोखरेल, उपाध्यक्ष युवराज रोका, कोषाध्यक्ष सन्ध्या राज भण्डारी, आगामी अध्यक्ष प्रेम ओली, सदस्य कृष्णराज दुलाल लगायतको उपस्थिति रहेको थियो । त्यस्तै रोटरी क्लब अफ बिर्तामोडको तर्फबाट एसिस्टेन्ट गभर्नर सुजन प्रधान विनोद बस्नेत उपाध्यक्ष पार्वता खरेल बिमली, पूर्व अध्यक्ष सुरेशवंशल, निवर्तमान अध्यक्ष बबिता गिरी, सदस्यहरू शैलेन्द्र गुरुङबाङ, सुमित्रा भट्टराई, नवीन घटानी, गुरुभक्त न्यौपाने, रोडट्र्याक क्लबका निवर्तमान अध्यक्ष बाप्पा शाह, सचिव कुशल अधिकारी, सदस्य रविन राजवंशीको समेत सहभागिता रहेको थियो।

विद्यालयका प्रधानाध्यापक लक्ष्मण शिवाकोटीले स्वागत गगरेको समारोहमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, गुरुभक्त न्यौपाने, सागरनिधि तिवारी, सुरेश कुमार अग्रवाललगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पाण्डेले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा दृष्टिविहीन विद्यार्थीहरूले स्वागत गीत तथा सांस्कृतिक नृत्यहरू समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक धर्मेन्द्र भट्टराईले गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर