तुलसीपुर । नगर युवा परिषद् तुलसीपुरले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आज रक्तदान गरेको छ ।
युवा नगर परिषद्का कार्यकारी उपाध्यक्ष प्रकाश रावतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरका नगर प्रमुख टीकाराम खड्काले हरेका युवामा रक्तदान गर्नुपर्छ भन्ने चेतना हुनुपर्ने बताउनुभयो । रक्तदान गर्ने व्यक्ति सधैँ स्वस्थ हुने बताउँदै नगर प्रमुख खड्काले रगत अभाव सहज बनाउन हरेक नागरिक जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
तुलसीपुर क्षेत्रमा रगत अभाव बढ्न थालेकाले युवा दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको युवा नगर परिषद्का अध्यक्ष रावतले बताउनुभयो । कार्यक्रममा १७ जना युवायुवतीले रक्तदान गरेका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 78