जिल्ला प्रशासन कार्यालय बाराका अनुसार सिम्रौनगढ नगरपालिका–७ झवानीटोलका नरेश रामका तीनजना छोराछोरीको उपचारको क्रममा मृत्यु भएको हो।
बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार नरेश रामका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दन रामको सोमबार मृत्यु भएको हो।
आइतवार राति घर नजिककैको पोखरीबाट ल्याइएको माछा, भात र आँप खाएपछि उनीहरू बिरामी भएका थिए। बान्ता हुने, पेट दुख्ने समस्या देखिएपछि तीनैजनालाई राति नै सिम्रौनगढ स्वास्थ्य क्लिनिकमा उपचारको लागि भर्ना गरिएको थियो।
भर्ना गरिएकामध्ये २ जनाको उपचारको क्रममा सोमवार राति र एकजनाको आज बिहान मृत्यु भएको घिमिरेले बताए।
फूड पोइजनिङ्गका कारण मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएपनि घटनाबारे थप अनुसन्धान सुरु गरिएको पनि उनले बताए।