Aamsanchar

कक्षा १२ मा ननग्रेडेड विद्यार्थीको परीक्षा फारम शुल्क अयोगले फिर्ता गर्ने

Author Image
बुधवार, साउन ३०, २०८१

काठमाडौं – चिकित्सा शिक्षा स्नातक अध्ययन गर्न प्रवेश परीक्षा फराम भरेका तर योग्यता नपुगेका विद्यार्थीको फारम शुल्क फिर्ता हुने भएको छ । कक्षा १२ मा ननग्रेडेड भएका विद्यार्थीको हकमा आयोगले शुल्क फिर्ता गर्ने निर्णय गरेको हो ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफ्नो फेसबुकमार्फत् यस्तो निर्णय सार्वजनिक गरेकी हुन् ।

“चिकित्सा शिक्षा अयोगका विभिन्न प्रवेश परीक्षामा कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फारम भरेका र नतिजामा ननग्रेडेड भएका विद्यार्थीले फारम भर्दा तिरेको शुल्क आयोगबाट फिर्ता दिइने जानकारी गराउँछु”, उनले लेखेकी छन् ।

वर्ष २०८१ को कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख ९० हजार ८६८ विद्यार्थी सहभागी भएकामा एकलाख ८७ हजार २१ विद्यार्थी ननग्रेडेड भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर