झापाको हल्दीबारी गाउँपालिका ४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

स्थानीय नरेश मोक्तानले बिजुलीको पोलबाट बिजुली तानी माछा मार्ने क्रममा करेन्ट लाग्दा घाईते भएका थिए । मोक्तानलाई उपचारको लागि अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चुडाल चौक देखि अन्दाजी २०० मिटर पूर्वमा रहेको पैनीमा मोक्तानलाई करेन्ट लागेको थियो ।


Views: 83

