[विष्णुप्रसाद शर्मा पराजुली]
१.
मेरा बा’ले
आधा शताब्दी पहिले
कोदालो खनेर, जिउलाको बाँझो फुटाएर
लुरीङ्कोट लेकबाट
एक पाथी चामलसँग अर्को पाथी आलु साटेर
मेरी आमाले डोकोमा बोकेर ल्याएको
आलुको बिउ रोप्नुहुन्थ्यो ।
त्यहीँ जिउलोमा
बा’ र आमाका पसिनाले
माटो लतक्क भिज्थ्यो,
ओठमा मुस्कान झुल्कन्थ्यो
बा’ र आमाका वर्ष बित्थे ।
आलु उम्रन्थ्यो,
बा’ले गोडमेल गर्नु हुन्थ्यो
आमाले गाग्रीमा पानी बोकेर
आलुको जरा भिजाउनु हुन्थ्यो
कलकलाउदा हरिया झाङ मुनि
कलिला आलुका झोता उम्रन्थे
बा’ र आमाको छातीमा वसन्त फर्कन्थ्यो ।
बा’ र आमा पसिना विसाउन घर जानुहुन्थ्यो ।
पिनाले लिपेको चिल्लो डालो र
लेकाली निगालोको डोको बोकेर
वmुटो र कोदालो लिएर बा’ र आमासँगै
त्यो दिन,
दशैँ र तिहार मझेरीमा बोलाएर
ल्होसार र छठलाई पिँढीमा राखेर
विस्केट र ईन्द्रजाात्रालाई आँगनमा नचाएर
म पनि
एक महिनाको छुनमुने भेडाबाख्राको
पाठापाठी आमाको दुघ चुस्दै
बुर्कुसी मार्दै उफ्रेझंै
बा’ र आमाको अघिपछि गर्दै
आलु खन्न गएँ ।
जिउलोको लहलहाउँदो
आलुको झालहरु लथालिङ्ग थिए,
पात ओईलाएर जरा नाङ्गा थिए,
साक्षीकोलागि एउटै पनि झाल थिएन,
आमा घुक्क–घुक्क रुनु भो
बा’ का ओठमुख सुकेको देखेँ ।
म अलमलमा परेर सोधेँ–
‘ बा’ आलुलाई के भयो ?’
बा’ले भन्नुभयो–
‘आलु सबै दुष्ट दुम्सीले खाएछ ।’
२.
अर्को वर्ष
आलु उम्रे पछि बा’ले
एउटा आमा जस्तै
अर्को बा’ जस्तै
बुख्याचा जिउलाको दुई वmुनामा ठड्याईदिनुभयो,
त्यो वर्ष दुम्सी बुख्याचा देखेर तर्सेछ,
हामीले डालो भरी आलु भर्न पायौँ ।
३.
हिजो मात्र मैले नै
निरङवmुशताको साङ्लो चुँडालेर
मेरी आमाको अस्मिता बचाउँदै,
काकावmुल हामी सन्तानको उज्जवल उषाकालागि
मेरै बुढी औँलो काटेर,
रक्त छाप लगाएर पठाएका मेरा विस्वासले
आधुनिक बुख्याचा भएर
विश्वासलाई तर्साउदै,
आस्थालाई टुव्रmाउदै,
ईमानलाई बेच्दै,
सम्मानमा खुँडा प्रहार गर्दै
भरोषाको आधार न्यायालयमा धावा बोले ।
मेरा बा’ले दुम्सीलाई तर्साउन बुख्याचा ठड्याउनु भयो,
दुम्सी भाग्यो,
तर, आज हाम्रा विश्वासले
मलाई अनि तपाईलाई आधुनिक बुख्याचा बनेर
तर्साउदै छन् ।
म फगत एक पथिक
म लाजले भुतुक्क भएको छु,
स्याउला सोहोर्ने भाउजु,
बाख्राचराउने मेरो गोठाले भाई
आलु रोप्ने बुढी आमाले सोध्दैछन–
‘ हामीलाई तर्साउने ती बुख्याचा
कस्ले ठड्याएका हुन ?’
१८ बैशाख २०७४