Aamsanchar

सरस्वती वडा बाल संजालको अध्यक्षमा रिजन तिम्सिना 

Author Image
बुधवार, भदौ ५, २०८१

कनकाई । झापाको कनकाई नगरपालिका वडा नम्बर ७ स्तरीय सरस्वती वडा बाल सञ्जालको अध्यक्षमा रिजन तिम्सिना चयन भएका छन ।

कनकाई नगरपालिका ७ दुर्गापुर स्थित फक्तालुङ एजुकेसन फाउन्डेसनमा बुधबार  ९आज० सम्पन्न बाल संजाल पुर्न गठन तथा बालमैत्री अभिमुखीकरण कार्यक्रमबाट वडा स्तरिय बाल जञ्जाल सरस्वती बाल सञ्जालको अध्यक्षमा रिजन तिम्सिना चयन भएका हुन ।

तिम्सिनाको अध्यक्षतामा गठित कार्य समितिले  अब बस्ने बैठकबाट एक जना सदस्य मनोनित गर्ने गरी गठित १३ सदस्यीय बाल सञ्जालको उपाध्यक्षमा सुलभ रिमाल , सचिवमा अम्बिका गोस्वामी , सहसचिवमा सरोज रिजाल र कोषाध्यक्षमा रेश्मा घिमिरे चयन भएका हुन।

त्यसै गरी सदस्यहरूमा शिखा सेन्चुरी, निरज सुवेदी, धिरज न्यौपाने, दिक्मला लामिछाने, आयुशा बस्नेत, सागर गौतम, मुक्साम नेम्बाङ चयन भएको बाल संजालका निवर्तमान अध्यक्ष सुप्रिम पौडेलले जानकारी गराएका छन ।

कनकाई नगरपालिका ७ को वडा सदस्य निर्मल आङथुपोको प्रमुख आतिथ्यमा भएको बालमैत्री अभिमुखीकरण कार्यक्रममा सहजिकरण कनकाई नगरका बालकल्याण अधिकारी उमानाथ ढकालले गर्नुभएको थियो ।

कार्यक्रममा कनकाई ७ का वडा सदस्य भगन टुडुको विषेश आतिथ्यता रहेको थियो भने फक्तालुङ एजुकेसन फाउन्डेसनका व्यवस्थापन समिति अध्यक्ष दुर्गा नेम्बाङ , प्रिन्सिपल ओम बिक्रम नेम्वाङ , जनकल्याण समाज दुर्गापुरका अध्यक्ष लिला बाहदुर कन्दङ्वा , नगर बाल संजालका प्रतिनिधि लगायतको उपस्थित रहेको थियो ।

सन्जालका निवर्तमान अध्यक्ष सुप्रिम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सबैलाई स्वागत निवर्तमान उपाध्यक्ष अम्बिका गोस्वामीबाट भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव रिजन तिम्सिनाले नै गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर