बिर्तामोड । झापाको बिर्तामोडमा अवस्थित बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टरले आफ्नो सातौँ वार्षिकोत्सव मनाएको छ ।
२०७४ भदौ १४ गते स्थापना भएको सो सेन्टरले हिजो शुक्रबार स्वास्थ्य शिविरसहित विविध कार्यक्रम गरेर गरेर वार्षिकोत्सव मनाएको हो ।
शिविरमा डा. भगवान शाह र डा. राजकुमार शाह ले निःशुल्क चेकजाँच तथा उपचार सेवा प्रदान गरेका थिए । शिविरमा ३० जना बिरामी स्वास्थ्य सेवा लिएको संस्थाको सदस्य कमल रिजालले बताए ।
खानपान र व्यस्त जीवन शैलीका कारण लाग्ने नसर्ने रोगहरूको उपचार हुने सेन्टरमा खास गरि पाइल्स, नशा, प्यारालाइसिस, माइग्रेन जस्ता समस्याहरू धेरै भेटिएको आयुर्वेद डा राजकुमार शाहले बताए । सोही दिन परोपकार केन्द्र (वृद्धा आश्रम) लाई रु ६ हजार ५५५ रुपैयाँ सहयोग दिइएको सेन्टरका अध्यक्ष नर्वदा भट्टराईले जानकारी दिइन ।
बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टरबाट हाडजोर्नी नशा प्यारालाइसिस, मुख बाङ्गिएको, नशा च्यापिएको, बाथ, युरिक एसिड, पाइल्स,ग्यास्ट्रीक,पिनास,दम,जन्डिस,मृगौलाको पत्थरी, प्रोस्टेट लगायत समस्याको उपचार र परामर्श प्रदान हुँदै आएको छ ।