Aamsanchar

दुई दल मिलेर राज्यको सम्पत्ति दोहन गर्न लागिपरे : अध्यक्ष लिङदेन, एकै दिन राप्रपा पाँचसय भन्दा धेरैको प्रवेश

Author Image
मङ्गलवार, भदौ २५, २०८१

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा नेतृत्व गरेका दलहरू राज्यको सम्पत्ति दोहन गर्न मात्र लागिपरेको आरोप लगाएका छन् ।
राप्रपा नेपाल झापाले बिर्तामोडमा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्ब उपप्रधानमन्त्री समेत रहेका लिङ्देनले यस्तो आरोप लगाएका हुन् । उनले सरकारमा सहभागी दलहरुले ३५ बर्ष यता राज्यको सम्पत्ति मात्र दोहन गरेको बताए ।
‘हिजो बहुदलीय ब्यबस्थाका लागि लडेका दलहरु आज दुई दलीय ब्यवस्था मान्नुपर्ने स्थानमा आएका छन’ उनले भने – यतिबेला नेपाली कांग्रेस र एमाले दुई दलीय ब्यवस्थाको पक्षमा पुग्नु भनेको अब बर्षाैंसम्म राज्य स्रोतको दोहन गर्ने वाताबरण बनाउनु मात्र हो ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशव ओझाको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले आफ्ना मान्छे भर्ती गर्नका लागि संवैधानिक परिषद्मा बहुमत पु¥याउन उपसभामुख इन्दिरा रानामगरलाई आचरण बिरुद्धको अभियोग लगाउने तयारी गरिरहेको आरोप लगाए ।

आफ्नै गृह जिल्लामा आएका लिङ्देनले सभालाई सम्बोधन गर्दै ‘उपसभामुखलाई आचरण बिरुद्धको अभियोग लगाउने कुरा भइरहेको भन्ने सुन्दैछु, काँग्रेस र एमाले त्यही मामिलामा लागेका छन् । संवैधानिक परिषद्मा आफ्नो भाग पु¥याउन उनीहरूले यो काम गर्न लागेका हुन् । यो सरासर गलत छ । सरकारमा सहभागी दलहरुले यसलाई सच्याउनु पर्छ ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी पाँचसय भन्दा बढी दलका नेता तथा कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र जनता समाजवादी पार्टी परित्याग गरेर पाँच सय बढी नेता तथा कार्यकर्ता राप्रपामा प्रवेश गरेको जिल्ला अध्यक्ष ओझाले बताए ।

उनका अनुसार सबैभन्दा धेरै अर्जुनधाराबाट एक सय ५७ जना राप्रपामा प्रवेश गरेका छन् ।त्यस्तै बिर्तामोडबाट एक सय बढी, कनकाई ८–बाट ४०, मेचीनगरबाट ३०, वुद्धशान्तिबाट ४०, कचनकवलबाट ५०, भद्रपुरबाट ४०, हल्दिवारीबाट ५६, बाह्रदशीबाट ३०, झापाबाट १०, दमकबाट १० जना राप्रपामा प्रवेश गरेको अध्यक्ष ओझाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)