Aamsanchar

अरिङ्गालले चिल्दा ३२ वर्षीय युवककाे मृ*त्यु

Author Image
मङ्गलवार, भदौ २५, २०८१

ताप्लेजुङ-अरिङ्गालले टोकेर घाइते भएका ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेबाङका ३२ वर्षीय दीपेन लिम्बूको उपचारको क्रममा मृत्यु भएको छ। पाँच दिनअघि अरिङ्गालले टोकेर गम्भीर घाइते भएको लिम्बूको झापाको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा उपचारको क्रममा लिम्बूको मृत्यु भएको हो।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार उपचारका क्रममा लिम्बूको सोमबार राति मृत्यु भएको हो। गत बिहीबार आफ्नै अलैँची बगानमा काम गर्ने क्रममा लिम्बूलाई अरिङ्गालले टोकेको थियो।

करिव ६० वटाभन्दा बढी अरिङ्गालले टोकेपछि गम्भीर घाइते हुनुभएका लिम्बूलाई प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा प्राथमिक उपचार गरी थप उपचारका लागि झापा पुर्याएको थियो। झापाको विर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा उपचार सुरु भएको चार दिनपछि लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर