Aamsanchar

स्वास्थ्य चौकी उद्घाटनमा रिबन काट्न गएकी गौरीगन्ज गाउँपालिका अध्यक्षलाई स्थानीयले हप्काएर फर्काए 

Author Image
बुधवार, भदौ २६, २०८१

झापा ।  स्वास्थ्य चौकी उद्‌घाटन गर्न पुगेकी गाउँपालिका अध्यक्ष फूलवती राजवंशीलाई रिबन काट्न स्थानीयले नदिएपछि कार्यक्रम स्थलबाटै फर्कनु परेको छ ।

आज (बुधबार) गौरीगन्ज ५ मा रहेको स्वास्थ्य चौकी उद्‌घाटन गर्न पुगेकी अध्यक्ष  राजवंशीलाई स्थानीय स्वास्थ्य चौकी जग्गा दाता परिवारले रिबन कटन नदिएका हुन ।  औपचारिक कार्यक्रममा गाउँपालिका अध्यक्ष राजवंशीलाई वडाध्यक्ष विजयसिंह गनगाईको दाइ गुरुदेव गनगाईको परिवारले  पालिका अध्यक्षलाई हप्कीदप्की , होहल्ला गरेर कार्यक्रम बिथोलेको स्थानीय पत्रकार आत्मराम राजवंशी जानकारी दिए ।

२०७४ सालमा हालका वडाध्यक्ष विजयसिंहको परिवारले स्वास्थ्य चौकीको लागि  जग्गा दान दिएका थिए ।

स्वास्थ्य चौकी उद्घाटनमा जग्गा दाता परिवारबाट नै किन अवरोध भयो भनेर बुझन गाउँपालिका अध्यक्ष फूलवती राजवंशी सँग आमसंचारकर्मीले कुरा गर्न खोज्दा आफूलाई व्यस्त देखाउदै अध्यक्ष   फूलवती राजवंशीले फोन काटिन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
1
+1
0
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर