Aamsanchar

भुपेन्द्र राई कोशीकाे भौतिक पूर्वाधार मन्त्री चयन, जाे गाउँपालिका अध्यक्ष पदमा दोस्रो पटक टिकटबाट बञ्चित गरिएका थिए

Author Image
शुक्रवार, भदौ २८, २०८१

धरान – खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अध्यक्ष पदमा दोस्रो पटक टिकटबाट बञ्चित गरिएका भुपेन्द्र राई कोशी प्रदेशको शक्तिशाली भौतिक पूर्वाधार मन्त्री चयन भएका छन्। गत २०७९ को स्थानिय निर्वाचनमा कांग्रेस नेता शेखर कोईराला पक्षधरले भुपेन्द्रलाई पालिका अध्यक्षमा टिकट दिन बञ्चित गरेका थिए। आज कांग्रेसले उनै भुपेन्द्रको नेतृत्वमा चार सदस्य टोली हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा पठाएको छ।

खोटाङमा कोइराला पक्षधरको पकड रहेको भन्दै २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट निर्वाचन जितेर उदाहरणीय काम गरेर चर्चामा आएका भुपेन्द्रलाई कांग्रेस खोटाङका सभापति बिष्णुकुमार राई र सुवास पोखरेल लगायतले पालिका अध्यक्षमा दोहोर्‍याउन टिकटबाट बञ्चित गरेका थिए। २०७९ दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा खोटाङबाट भुपेन्द्र प्रदेश ९ख० बाट प्रदेश सभा सदस्यका लागि कांग्रेसका तर्फबाट चुनाउ लडन चाहन्थे। तर भुपेन्द्रलाई प्रदेश निर्वाचन क्षेत्र र जिल्ला समितिले उनको नाम नै सिफारिस गरेन।

तत्कालीन कांग्रेस, माओवादी र नेकपा एसको चुनाबी गठबन्धन गर्दा प्रतिनिधि सभा सदस्यको लागि माओवादी, प्रदेश(क) मा एस र प्रदेश(ख)कांग्रेसको भागमा पर्‍यो। निर्वाचन क्षेत्र र जिल्ला समितिबाट समेत सिफारिसमा नपरेका उनै भुपेन्द्र राइले खोटाङ प्रदेश (ख)को टिकट पाए। टिकट पाएपनि आफ्नै पार्टीका कार्यकर्ताको असहयोगका बाबजुत गठबन्धन र आफ्नो एकल प्रयासमा भुपेन्द्रले एमाले खोटाङका अध्यक्ष राम दङ्गाललाई पराजित गरी प्रदेश सभामा निर्वाचित भएका थिए।

भुपेन्द्रलाई स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै भुपेन्द्रविरुद्ध कारबाहीको सिफारिस पनि गरिएको थियो। शेखर पक्षको चरम पेलाइमा परेका भुपेन्द्रलाई अहिले खोटाङ मात्र हैन कोशी प्रदेशका १४ जिल्लाको विकास निर्माण अगाडि बढाउने जिम्मेवारी आएको छ। अनगिन्ती चुनौती झेल्दै मन्त्री बनेका भुपेन्द्रले प्रदेशको विकास कसरी अगाडि बढाउलान् त्यो भने हेर्न बाँकी रहेको छ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री नियुक्ति भएपछि भुपेन्द्रले खोटाङबासि जनतालाई धन्यवाद दिएका छन्। मन्त्री बनेपछि भुपेन्द्रले २०७९ को स्थानीय निर्वाचनमा आफलाई बेवास्ता गरिएको र राजनिती पूर्वाग्रह राखेर प्रदेश सभा सदस्यको टिकटका लागि पार्टीले सिफारिस नगरेको क्षण कहिल्यै भुल्न नसक्ने बताएका छन्। उनले पार्टीका साथीहरूले आफूलाई राजनीति पूर्वाग्रह राखेर जस्तो व्यवहार गरेपनि आफूले सबैलाइ समान रुपमा हेर्ने बताएका छन्।

कांग्रेस कोशीका महामन्त्री समेत रहेका मन्त्री भुपेन्द्रले खोटाङ सँगसँगै अन्य १३ जिल्लाको विकास निर्माणलाई तदारुकताका साथ दुर्तगतिमा अगाडि बढाउने बताए। कांग्रेस सहमहामन्त्री भिष्मराज आङदम्बेका सहोदर बहिनी ज्वाई भुपेन्द्र नेता कृष्ण सिटौला समूहका हुन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर