Aamsanchar

बिर्तामोड छुरा काण्ड : मृतक युवतीको पहिचान खुल्यो, अभियुक्त पक्राउ 

Author Image
शुक्रवार, भदौ २८, २०८१

झापा । अर्जुनधारा -६ महानन्द चोकमा हत्या गरिएकी युवती इलाम फिक्कलकी -२० वर्षकी मनिषा लोहार रहेको खुलेको छ। तीन ठाउँमा छुरा प्रहार गरेर आज साँझ एक युवकले मनिषाको हत्या गरेका थिए ।

मनिषाको घाँटी, छाती र कोखमा छुरा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । पटक–पटक छुरा प्रहार गरेपछि स्थानीयले कैलालीका २० वर्षीय अनिल विकलाई पक्राउ गरेका थिए । तत्कालै युवतीको उपचारका लागि विएण्डसी पुराइएको थियो । युवतीको उपचारका क्रममा मृत्यू भएको थियो। घटनाबारे अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर