Aamsanchar

भुसाबाडीको वेल्स मोडलमा बाल दिवस

Author Image
शनिवार, भदौ २९, २०८१

बिर्तामोड । झापाको बिर्तामोड–७ स्थित भुसाबाडीमा रहेको बेल्स मोडल स्कुलले राष्ट्रिय बाल दिवस बिविध कार्यक्रम गरेको छ । स्कुलले आज (शनिवार) बिद्यालय परिसरमा सांस्कृतिकसहित पुरस्कार वितरणलगायतका कार्यक्रम आयोजना गरेर ६० औं राष्ट्रिय बाल दिवस मनाएको हो ।
कार्यक्रममा बिद्यार्थीहरुले कविता बाचन, नृत्य, गायन, नाटकलगायतका बिधामा आ–आफ्नो कला प्रस्तुत गरेका थिए । सोही कार्यक्रमकाबिच बिद्यालयले बिभिन्न बिधामा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कृतसमेत गरेको थियो ।

कक्षा नर्सरीदेखि १० सम्मका प्रत्येक कक्षाका तीन जना बिद्यार्थीलाई बिधागत पुरस्कार बितरण गरिएको थियो । उनीहरुलाई बिर्तामोड नगर शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, नेल्टा झापाका अध्यक्ष प्रकाश पराजुली, बिद्यालय अभिभावक संघका अध्यक्ष ताराप्रसाद चापागाई, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जयकुमार प्रसाई, प्रिन्सिपल ताराकुमार प्रासाईले पुरस्कार बितरण गरेका थिए ।
बिद्यालय ब्यवस्थान समितिका अध्यक्ष जयकसमार प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश पिन्सिपल ताराकुमार प्रसाईले पारेका थिए ।

कार्यक्रमको सञ्चालन बिद्यालयका भाइस पिन्सिपल देवान ढुङ्गानाले गरेका थिए । छोटो समयमा गुणस्तरीय शिक्षा दिदै आएको बिद्यालयले यसै शैक्षिक सत्रदेखि कक्षा ११ पनि अध्यापन गराउँदै आएको छ । एक हजार एक सय बिद्यार्थी अध्यापन रहेको बेल्स मोडलमा ५० जना शिक्षकशिक्षका रहेको प्रिन्सिपल प्रसाईले जानकारी दिए । फोटो : विष्णु श्रेष्ठ 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर