Aamsanchar

झापाकी बुलेट आमा ५० हजार नगदसहित सम्मानित 

Author Image
बिहिवार, असोज १०, २०८१

चारपाने । मोटर साइकल आफै कुदाएर मेची महाकाली यात्रा गरेकी झापा बुद्धशान्ति गाउँपालिका की बुलेट आमा उपनामले चिनिएकी ५५ वर्षीय सुशीला उप्रेती तिवारी सम्मानित भएकी छन् ।

आज एक कार्यक्रमको बिच बिर्तामोड –२ चारपाने स्थित रोयल मोटर्स प्रा.लि. (सोरुम) मा उनलाई सम्मान गरिएको हो ।

बुलेट आमालाई रोयल मोटर्स झापाका प्रबन्धक रोहित पराजुली, अल्फा अटोमोटिभ प्रा.लि.का निर्देशक  मेघराज पौडेलले सम्मान पत्र र नगद ५० हजारले सम्मान गरेका हुन ।

विश्व शान्तिको कामना गर्दै महिला सशक्तिकरणको जागरण, समाजमा महिलामाथि भइरहेको हिंसा, ज्यादतीका घटना विरुद्ध जनचेतना फैलाउँदै नेपाली महिलाको मौलिक पहिरन गुन्यौ चोलो जगेर्ना गर्न सन्देश मूलक रोयल इनफिल्ड बाइक यात्रा गर्न सफल बुलेट आमालाई सम्मान गरिएको  प्रबन्धक पराजुलीले बताए ।

रोयल इनफिल्ड बुलेट बाइक चलाउन अत्यन्तै सजिलो र आरामदायी यात्रा हुने भएकाले पछिल्लो रोजाईमा रोयल इनफिल्ड बुलेट बाइक बन्न सकेको र अब निकट दिनमा भारत सिक्किमको चारधाम हुँदै चाइना सिमा क्षेत्र सम्म बाइक यात्रा गर्ने योजना रहेको सम्मानित बुलेट आमाले आमसंचारलाई बताइन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर