Aamsanchar

दुर्घटनामा बिर्तामोडका एक युवाको मृत्यु

Author Image
सोमवार, असोज १४, २०८१

बिर्तामोड। झापाको बिर्तामोडमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

हिजो राति अन्दाजी ८ः३० बजे बिर्तामोड– १० ठुटेबरमा बिर्ता बजारबाट सैनिक बजारतर्फ जाँदै गरेको प्र१–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई जोगाउने क्रममा आफै अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड– १० बस्ने २७ वर्षीय अनिस न्यौपाने गम्भीर घाइते भएका थिए । टाउको र दुबै खुट्टामा चोट लागेका न्यौपानेलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएकोमा उपचारका क्रममा आज दिउँसो २ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका अन्दाजी ३८ वर्ष का टिकाराम राय घाइते भएका छन् । सामान्य अवस्थाका उनको बीएण्डसी अस्पतालमै उपचार भइरहेको छ । मोटरसाइकल अस्थायी प्रहरी चौकी सैनिकबजारको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1
Views: 54

प्रतिक्रिया (०)