Aamsanchar

फिदिममा एयरपोर्ट निर्माण प्रक्रिया अघि बढ्यो

Author Image
मङ्गलवार, वैशाख २६, २०७४

पाँचथर।

पाँचथरको फिदिम नगरपालिका–१३ स्थित रानीटारमा प्रस्तावित विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रक्रिया सुरु भएको छ ।

अहिलेसम्म सरकारी प्राथमिकतामा पर्न नसकेको रानीटारको स्याउडाँडामा विमानस्थल बनाउन चालू आर्थिक वर्षमा नागरिक उड्डयन प्राधिकरणले वातावरणीय प्रभाव मूल्यांकन गर्ने प्रक्रिया सुरु गरेको हो ।

वातावरणीय प्रभाव मूल्यांकन गर्न क्षेत्र निर्धारण गरी काम अघि बढाइएको इन्जिनियर नलविक्रम थापाले जानकारी दिए । विमानस्थल बनाउन यो वर्ष १७ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।

यसअघि विमानस्थल बनाउन २०६७ सालमा सरकारले सम्भाव्यताको अध्ययन गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर