Aamsanchar

मोटरसाइकल दुर्घटना हुँदा झापा केर्खामा दुईजनाको मृत्यु

Author Image
आइतवार, असोज २७, २०८१

झापा । झापाको कमल गाउँपालिका -४ अमलडाँगी स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

हिजो शनिबार बेलुका केरखाबाट दमकतर्फ जाँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शिवसताक्षी-८ निवासी ३३ वर्षीय अनिल कुमार लिम्बू गम्भीर घाइते भए। उनको टाउको र बायाँ हातमा चोट लागेको थियो। साथैमा सवार २० वर्षीय सोमराज लिम्बू पनि गम्भीर अवस्थामा थिए, यद्यपि बाहिरी चोट देखिएको थिएन। दुवैलाई दमक अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा घाईते दुवैजनाको मृत्यु भएको अस्पताल श्रोतले जानकारी दिएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर