Aamsanchar

६९औँ प्रहरी दिवस २०८१ का अवसरमा कलाकार दिवाकर घिमिरे सम्मानित

Author Image
मङ्गलवार, असोज २९, २०८१

झापा – ६९औँ प्रहरी दिवस २०८१ का अवसरमा कलाकार दिवाकर घिमिरे सम्मानित भएका छन् ।  मंगलवार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजिपी) वसन्तबहादुर कुँवरले कलाकार  घिमिरेलाई प्रशंसा पत्र प्रदान गरेका हुन् ।
कलाकार घिमिरेले प्रहरी संगठनको साखलाई श्रीवृद्धी गराउने हेतुले संगठनबाट निर्माण गरिने प्रहरी अनुरोध कार्यक्रममा २०७० सालदेखि निरन्तर कलाकारको भुमिका निर्वाह गर्दै आईरहेका छन् ।  झापाको हल्दिवारी  –४ ( साविक जलथल –७) का घिमिरे राजधानी काठ्माडौंमा नै रहेर कलाकारिता गरिरहेका छन् । उनले भद्रगाेल, गोलमाल, अजम्बरी लगायतका टेलिसिरियलमा मुख्य भुमिका निर्वाह गर्दै आएका छन् ।
सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा सुनसरीकी कलाकार सुनिशा बजगाँई पनि सम्मानित भएकी थिएकी थिईन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर