Aamsanchar

बजारमा सिटामोल अभाव नरहेको सरकारकाे दाबी

Author Image
बिहिवार, कार्तिक ८, २०८१

काठमाडौं – सरकारले बजारमा सिटामोल अभाव नरहेको दाबी गरेको छ। नेपाल औषधि लिमिटेडले प्रेस विज्ञप्ति जारी गरी सिटामोलको उत्पादन र आपूर्ति नियमित भइरहेकाले अभाव नरहेको दाबी गरेको हो।

लिमिटेडको प्रमुख उत्पादनको रूपमा रहेको सिटामोल खरिदका लागि सम्पर्क गर्ने सबै स्टकिष्ट, सरकारी अस्पताल तथा तीनै तहका सरकार मातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन निकायलाई माग अनुसारको परिमाणमा सिटामोलको तत्काल आपूर्ति गर्दै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ।

डेंगु संक्रमण बढेको अवस्थामा सिटामोल सहज उपलब्ध गराउने उद्देश्यले लिमिटेडले आफ्नो बिक्री महाशाखाको काउण्टरबाटसमेत खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ। काठमाडौंको बबरमहलस्थित काउण्टरबाट जो कोहीले पनि आवश्यकता अनुसारको सिटामोल बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खरिद गर्नसक्ने व्यवस्था मिलाएको लिमिटेडले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर