

काठमाडौंं – राजेन्द्र महतोले दल दर्ताका लागि निवेदन दिएका छन् । शुक्रबार निर्वाचन आयोगमा राष्ट्रिय मुक्ति पार्टी, नेपाल दर्ताका लागि निवेदन दिएका हुन् ।

पार्टीको अध्यक्षमा महतो रहेका छन् । १७३ सदस्यीय केन्द्रीय समिति रहने गरी निवदेन दिइएको नेता केशव झाले जानकारी दिए ।
“निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छौँ । अध्यक्षसहित १७३ जना केन्द्रीय समितिमा रहनेगरी निवेदन पेस गरेका हौँ,” झाले भने । उनका अनुसार चुनाव चिह्न माछा माग गरिएको छ ।

Views: 99

