Aamsanchar

अन्तर्राष्ट्रिय बजारमा अब्बल नेपाली कफी

Author Image
मङ्गलवार, मंसिर ४, २०८१

काठमाडौं – नेपालबाट १४ करोड ९२ लाखबराबरको ८९ टन कफी निर्यात हुँदा ४१ करोड ९८ लाख रुपैयाँ बराबरको ४४३ टन कफी आयात भएको छ। यो आर्थिक वर्ष २०८०र८१ को तथ्याङ्क हो।

यसअघि आव २०७९/८० को तथ्याङ्क अनुसार १३ करोड चार लाख रुपैयाँ बराबरको ७७ मेट्रिक टन कफी निर्यात हुँदा ३२ करोड ५८ लाख रुपैयाँ बराबरको ४५० टन कफी आयात भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ।

आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार देशभर ५०० मेट्रिक टन ग्रिनविन कफी उत्पादन भएको छ भने ६५४ हेक्टरमा नयाँ रोपण भएको छ ।

बोर्डका अनुसार चार हजार ३०९ हेक्टर जग्गामा कफीखेती विस्तार भएको छ । कुल उत्पादनको झण्डै १७ प्रतिशत कफी विदेश निर्यात भएको बोर्डका निर्देशक दीपक खनालले जानकारी दिए। नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरका हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ। बोर्डका अधिकृत चन्द्र पुरीका अनुसार नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ डलर प्राप्त गर्दै आएको छ ।

यसैबीच बोर्डले यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ। कफी विकासका क्षेत्रमा क्रियाशील व्यवसायीहरूबाट नेपाली कफीको ‘स्टल’ सञ्चालन तथा प्रदर्शनी, विभिन्न थरिका कफीको ब्रिबिङ्ग तथा टेस्टिङ गर्ने गराउन लागेको हो ।

कफी सहकारी संघहरूबाट सञ्चालित कफीसम्बन्धी गतिविधिको प्रदर्शनी गर्ने र नेपालको कफी क्षेत्रको वर्तमान अवस्था, नीतिगत व्यवस्था तथा आगामी कार्यदिशा विषयक प्रस्तुतीकरण एवं अन्तरक्रिया कार्यक्रम गरिने बोर्डका कार्यकारी निर्देशक वेनुपराज प्रसाईँले जानकारी दिए।

कफी उत्पादक संस्था तथा किसान उद्यमी, जिल्ला कफी सहकारी संघ, प्रारम्भिक कफी सहकारी संस्थालाई विशेष सम्मान र पुरस्कार प्रदान गरिने छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर