Aamsanchar

मिस हेरिटेज पेटिट युनिभर्स बनिन् नेपालकी मनिषा

Author Image
मङ्गलवार, मंसिर ११, २०८१

बैंकक : ´मिस हेरिटेज पेटिट युनिभर्स २०२४` को शीर्ष उपाधि नेपालकी मनिषा राजवंशीले जितेकी छन्। हालै थाइल्याण्डको बैंककमा आयोजित नोभेम्बर ९ देखि १६ सम्म चलेको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा ४३ देशका प्रतिस्पर्धी रहेका थिए।

उक्त प्रतियोगिताको उपाधि हात पार्ने झापा बाह्रदशी ६ की मनिषा राजवंशीले समाजशास्त्रमा एमए गरेकी छन्। उनी शिक्षिका पनि हुन्। उनले हाल राजवंशी समुदायको बारेमा थेसिस पनि गरिरहेकी छिन्।

आफ्नो समुदायबाट अभिनय र मोडलिङको क्षेत्रमा खासै उपस्थिति नभएका कारण केही राम्रो गर्ने सोचका साथ मोडलिङ सम्बन्धी प्रतियोगिता र ब्युटी प्याजेन्टहरूमा भाग लिने गरेको बताउँछिन् । उनले २०१८ मा मिस राजवंशी (दोस्रो रनर अप), २०१९ मा मिस ग्रेस काठमाडौँ (दोस्रो रनर अप), सन् २०१८ मा मिस राजवंशीको उपाधि जितेकी उनले सन् २०२१ मा मिस डिभाको विनर भएकी थिइन्।

 

‘म मोडलिङमा यसो ट्राइ गरौँ न भनेर मात्र आएकी होइनँ`, मनिषा भन्छिन्, ‘आदिवासी राजवंशी समुदायबाट पनि अभिनय र मोडलिङको क्षेत्रमा केही गर्न सक्ने प्रतिभा रहेछन् भनेर स्थापित गर्न यो क्षेत्रमा लागेकी हुँ ।’

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर