Aamsanchar

सरकारी वकिलको कार्यालय काठमाडौँमा रविको बयान जारी, बाहिर निकिताको प्रतीक्षा

Author Image
शुक्रवार, मंसिर १४, २०८१

काठमाडौँ – जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान जारी छ । बिहीबार पोखराबाट काठमाडौँ ल्याएका लामिछानेको शुक्रवार बिहानबाट बयान सुरु भएको हो ।

सरकारी वकिलको कार्यालयमा सभापति लामिछानेको बयान जारी रहँदा लामिछाने पत्नी निकिता पौडेल पनि सरकारी वकिलको कार्यालय परिसरमा पुगेकी छन् । कात्तिक २ गते पक्राउपछि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई बिहीबार बेलुका बयानका लागि काठमाडौँ ल्याइएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर