नेपाल र भारतको खुल्ला सीमा अनि मौसमी कामका लागी भारत तथा वैदेशिक रोजगारी कालागि जाने नेपाली युवाहरूको लस्कर लामै हुने भएकाले अनि ती यूवाहहरुलाई यौनजन्य सङ्क्रमण लगायत एचआइभीको बारेमा जानकारी दिन नसकेकाले पनि उनीहरू यस्ता जोखिमपूर्ण यौन क्रियाकलापमा संलग्न हुन्थे । फर्कँदा रगतमा एचआइभी सङ्क्रमण लिएर फर्कने यो जमातले आफ्ना श्रीमतीहरूमा यो सङ्क्रमण जानअञ्जानमा सार्न पुग्दथे ।
त्यसपश्चात् जन्मेका धेरै एचआइभी सङ्क्रमित बालबालिकाहरू आज पनि हामीमाझ समाजभित्रै छन् । उनीहरूमध्ये अधिकांश अनाथ छन् र उनीहरूको उचित शिक्षा अनि सहज जीवनयापन अझै पनि सुनिश्चित गर्न नसकिएकोमा आजको यो दिन अर्थात् विश्व एड्स दिवसमा थप पैरवी अनि प्रभावकारी सकारात्मक कदमप्रतिको ऐक्यबद्धता जरुरी छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 48