Aamsanchar

कस्तो हुन्छ आजको माैसम ?

Author Image
आइतवार, मंसिर ३०, २०८१

काठमाण्डौ – आज दिउँसो र राति देशका सबैजसो ठाउँको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी पहाडका एक–दुई ठाउँमा सामान्य बादल लागे पनि धेरैबेर नरहने महाशाखाको बुलेटिनमा उल्लेख छ ।

अहिले बिहान काठमाण्डौ उपत्यका र तराईका केही ठाउँमा तुवाँलो र हुस्सु लागेको छ । दिउँसोदेखि तुवाँलो र हुस्सु हट्नेछ ।

यसैबीच, काठमाण्डौ उपत्यकामा हिजो बिहानको तुलनामा आज कम चिसो छ । हिजो न्यूनतम तापक्रम दुई डिग्री सेल्सियस मापन गरिएकोमा आज बिहान चार दशमलव पाँच डिग्री सेल्सियस पुगेको छ ।

आज काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहने महाशाखाको पूर्वानुमान छ ।

Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर