Aamsanchar

फिल्मको पार्श्व गायनमा हरिवंशको कमब्याक

Author Image
सोमवार, पौष ८, २०८१

काठमाडौंँ –  वरिष्ठ हास्यकलाकार, अभिनेता हरिवंश आचार्यले फिल्मको पार्श्व गायनमा कमब्याक गरेका छन् । उनले ८ वर्षपछि पार्श्व गायनमा कमब्याक गरेका हुन् । अर्जुन सुवेदीको निर्देशनमा बन्न लागेको फिल्म ‘सोल्टिनी’ को एक गीतमा उनले आइतबार आफ्नो स्वरमा रेकर्ड गराएका छन् । गीतमा हर्कुलस बस्नेतको संगीत रहेको छ ।

पछिल्लो समय आचार्यले सन् २०१६ मा रिलिज भएको फिल्म ‘जात्रा’ का लागि ‘नोट नोट’ गीत उनले गायका थिए । हुन त आचार्यको स्वरमा वर्षमा एक दुई गीत सार्वजनिक हुने गर्छ । फिल्मका लागि भने उनी ८ वर्षपछि गायक हुन् लागेका हुन् ।

आचार्यले गाएको गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिने निर्माण युनिटले जनाएको छ । पुस अन्तिमबाट छायांकनमा जाने तयारीमा रहेको फिल्ममा प्रकाश सपूत, परीक्षा लिम्बू, विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुजन खतिवडा लगायतको अभिनय रहनेछ । प्लानेट थ्री फिल्मसको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुने फिल्मको स्क्रिप्ट अर्जुन सुवेदी र कुमार भट्टराईले मिलेर लेखेका हुन् । फिल्मलाई २०८२ साल असोज ३ गते, संविधान दिवसको दिन रिलिज गरिने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर