Aamsanchar

विर्तामोडमा एजुकेशन एण्ड माइग्रेसन कर्नर

Author Image
शनिवार, जेठ ६, २०७४

विर्तामोड,

अष्ट्रलियामा मुख्य कार्यालय रहेको एजुकेशन एण्ड माइग्रेसन कर्नर कन्सल्टेन्सीले झापाको विर्तामोडमा शनिबारबाट आफ्नो शाखा विस्तार गरेको छ ।

काठमाण्डौं, चितवन, दमक, इटहरी पोखरामा शाखा विस्तार गरिसकेको एजुकेशन एण्ड माइग्रेसन कर्नरले पूर्वका विद्यार्थीलाई लक्षित गरि विर्तामोडमा शाखा सञ्चालान गरेको बताइएको छ । अष्ट्रेलिया, युएई,क्यानडा लगायतका देशमा विद्यार्थी पठाउर्दै आएको एजुकेशन एण्ड माइग्रेसन कर्नर कन्सलटेन्सी हाल अष्ट्रेलियामा विशेष पहल गरेको कन्सलटेन्सीका सिडिनीका म्यानेजिङ डाइरेक्टर सुनिल उप्रेतीले बताए ।

उनले पूर्वका विद्यार्थीहरुलाई सहजरुपमा अष्ट्रेलिया पठाउनमा अध्ययन गर्न जानेका लागी पहल गर्न शाखा विस्तार गरेको जानकारी दिए । शाखा विस्तारको क्रममा शनिबार विर्तामोडमा भएको फ्रि सेमिनार कार्यक्रममा अष्ट्रेलियाको अनुभव, त्यहाँको वातावरण, विश्वविद्यालयको अवस्था, अध्ययनका क्रममा गर्नुपर्ने प्रक्रिया लगायतको विषयमा म्यानेजर उप्रेतीले विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी गराएका थिए ।

नेपालबाट जाने प्रक्रिया, शैक्षिक योग्यता, लगानी लगायतका विषयमा काठमाण्डौं शाखाका म्यानेजर किशोर दुलालले सहभागिहरुलाई जानकारी गराएका थिए । उनले झापामा शाखा विस्तार भएकाले अध्ययनका लागी इच्छुक विद्यार्थीले काठमाण्डौं सम्म जानुपर्ने झन्झट अन्त्य भएको बताए ।

अष्ट्रेलियामा नै मुख्य कार्यालय भएकाले यहाँबाट जाने विद्यार्थीलाई सहयोग गर्ने अष्ट्रेलिया सिडनीका प्रमुख उप्रेतीले बताए । शिक्षा क्षेत्रमा सन् २००७ बाट अष्ट्रेलियामा विद्यार्थी पठाउदैं आएको उक्त कर्नरले हालसम्म सयौं विद्यार्थीलाई अष्ट्रेलिया पठाईसकेको बताइएको छ ।

विद्यार्थीमा अध्ययनका लागी अष्ट्रेलिया मोह बढ्दै गएको र उक्त कुरालाई ध्यान दिएर विर्तामोडमा शाखा विस्तार तथा अष्ट्रेलियाबाटै म्यानेर बोलाएर फ्रि सेमिनारको आयोजना गरेको विर्तामोड शाखाका प्रमुख उद्धव चौहानले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)