Aamsanchar

पोल्यान्ड पठाइदिने भन्दै ८१ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दुई जना पक्राउ

Author Image
बुधवार, पौष २४, २०८१

काठमाण्डौ – आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि पोल्यान्ड पठाइदिने भन्दै ८१ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका–७ घर भई काठमाण्डौ महानगरपालिका–३१ बस्ने ३१ वर्षीय कुष्ण यदुवंशी र गोरखाको सुलिकोट गाउँपालिका–४ घर भई काठमाण्डौ महानगरपालिका–२६ सामाखुशी बस्ने ३७ वर्षीय राजेश बराम रहेका छन् ।

पोल्यान्ड पठाइदिने भन्दै कृष्णले ७२ लाख ४८ हजार एक सय ५० र राजेशले आठ लाख ९० हजार रुपैयाँ ठगी गरेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूलाई काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ थरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)