स्थापना कालदेखि नै जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै प्रधान मेडिसिनले आफ्नो सेवा र सुविधामा निरन्तर वृद्धि गर्दै आएको छ । आजसम्म, यस मेडिकलले विभिन्न स्वास्थ्य परीक्षण, औषधि वितरण, आकस्मिक सेवा, र परामर्श सेवा उपलब्ध गराउँदै जनताको विश्वास जित्न सफल भएको छ ।
मेडिकल सञ्चालक सुरेन्द्र प्रधानले बताए अनुसार, यो २८ वर्षको अवधिमा संस्थाले आधुनिक उपकरणहरूको प्रयोगबाट सेवा प्रभावकारी बनाउँदै, दक्ष स्वास्थ्यकर्मीको संख्या वृद्धि र रोग निदानका विविध सेवाहरू विस्तार गरेको छ। यसले गर्दा झापाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच सहज भएको छ ।
प्रधान मेडिसिनले आफ्नो वार्षिकोत्सवको अवसरमा आज मेडिकलमै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । शिविरमा मधुमेह, रक्तचाप, छालाजन्य रोग लगायतका विभिन्न स्वास्थ्य परीक्षण गरिएको थियो । यो कार्यक्रमले स्थानीय बासिन्दाहरूलाई थप लाभ पुगेको र आजैबाट NCV र EMG सेवा सुरु भएको सञ्चालक प्रधानले जानकारी दिए । नसाको चाल र कार्यक्षमता मापन गर्न यो सेवा प्रयोग गरिन्छ ।
स्थापना कालदेखि हालसम्म जनताको विश्वास र समर्थनले नै प्रधान मेडिसिनले निरन्तर प्रगति गरिरहेको छ । आगामी दिनमा थप अत्याधुनिक प्रविधि र विशेषज्ञ सेवा विस्तार गर्दै, यसले स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्य राखेको छ ।
स्थानीय बासिन्दाहरूले पनि प्रधान मेडिसिनको योगदानको प्रशंसा गर्दै यसले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्। उनीहरूले मेडिकललाई अझ परिस्कृत सेवा र सुविधा थप्दै जनताको स्वास्थ्यमा निरन्तर योगदान पु¥याउने अपेक्षा गरेका छन्।