



पुल निर्माणका लागि स्थानीय पूर्वाधार विभागले ठेक्का प्रक्रिया अगाडि बढाइसकेको छ। विभागका महानिर्देशक महेशचन्द्र न्यौपानेका अनुसार निर्माण कार्य छिट्टै सुरु हुने छ। पुलको अभावका कारण घैलाडुब्बा र चम्पापुरका बासिन्दा मुख्य राजमार्गसम्म पुग्न लामो दुरी पार गर्न बाध्य थिए।

पुल निर्माणपछि स्थानीय बासिन्दाको दैनिक आवागमन सहज हुनुका साथै आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य सुधार आउने विश्वास गरिएको छ। यसले क्षेत्रीय कनेक्टिभिटीलाई मजबुत बनाउँदै दुबै गाउँलाई प्रत्यक्ष फाइदा पुर्याउनेछ। पुल निर्माणले स्थानीय जनतालाई ठूलो राहत दिनुको साथै विकासका थप सम्भावना खोल्नेछ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 28