Aamsanchar

झापाको दुधेमामा ‘पहिलो पाइला प्रिस्कुल’ को शुभारम्भ

Author Image
सोमवार, माघ २१, २०८१

झापा । झापाको शिवसताक्षी नगरपालिका दुधेमामा पहिलो पाइला प्रिस्कुलको भव्य शुभारम्भ गरिएको छ । स्थानीय अभिभावकहरूको उत्साहपूर्ण सहभागिताका बीच विशेष कार्यक्रम आयोजना गर्दै विद्यालयले विद्यार्थी भर्ना प्रक्रिया सुरु गरेको छ।

दुधे क्षेत्रमा यसअघि सुविधा सम्पन्न प्रिस्कुलको अभाव रहेको अवस्थामा पहिलो पाइला प्रिस्कुलको स्थापनाले अभिभावकहरूमा ठूलो आशा र उत्साह जागृत गरेको छ । गुणस्तरीय बाल विकास शिक्षालाई प्राथमिकता दिँदै सञ्चालनमा ल्याइएको यस संस्थाले आधुनिक सुविधासहितको पूर्वाधार तथा नवीन शिक्षण पद्धतिहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।

विद्यालयको उद्घाटन समारोहमा शिक्षाक्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, विद्यालयका शिक्षक तथा स्थानीय अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्याबसन झापाका निवर्तमान अध्यक्ष एलपी उप्रेतीले बालबालिकाको समग्र विकासका लागि प्रारम्भिक शिक्षाको महत्व औंल्याउँदै पहिलो पाइला प्रिस्कुलले यस क्षेत्रमा नयाँ उदाहरण प्रस्तुत गर्ने विश्वास व्यक्त गरे। अन्य अतिथिहरूले पनि विद्यालयको सफलताको कामना गर्दै स्थानीय बालबालिकाहरूलाई गुणस्तरीय शिक्षाको अवसर उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे।

स्थानीय अभिभावकहरूले पहिलो पाइला प्रिस्कुलको सुरुवातप्रति खुसी व्यक्त गर्दै यस विद्यालयले आफ्ना बालबालिकाहरूको उज्जवल भविष्य निर्माणमा टेवा पु¥याउने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रम शिक्षामैत्री वातावरणमा सम्पन्न भएको थियो । विद्यालय सञ्चालक पूजा संग्रैला मरासनीले आगामी दिनहरूमा थप शिक्षण सामग्री र नवीन विधिहरू समावेश गर्दै बालबालिकाहरूको समग्र विकासमा योगदान दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Views: 262

प्रतिक्रिया (०)

सम्बन्धित खबर