



लुम्बिनी प्रदेशसभा सदस्य तथा नेकपा एमाले नेतृ रेखा शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखी बालबालिकाविरुद्ध अपराध गरेको आरोप लागेको थियो। यस विषयमा कानुनी कारबाही हुनुपर्ने माग उठ्दै आएको थियो। तर, जिल्ला सरकारी वकिलको कार्यालयले शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि बालेन साहले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन्।

फेसबुकमा एक पोस्ट गर्दै उनले पीडित बालिकासँग माफी माग्दै लेखेका छन्, ‘सरी नानु, तिम्रा पिडकहरूविरुद्ध मुद्दा नचल्ने बनाएछ सरकारले। नआत्तिनु, समय आउनेछ।’ उनले अन्यायविरुद्ध संघर्ष गर्नका लागि शिक्षाको महत्त्व पनि जोड दिए। ‘यस्तै विभेद, अपराध हटाउन र कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्नुपर्छ, समाज बुझ्नुपर्छ,’ बालेनले उल्लेख गरेका छन्।


सरकारी वकिलको निर्णयपछि सामाजिक सञ्जालमा पनि तीव्र आलोचना भइरहेको छ। बाल अधिकार संरक्षणका लागि कार्यरत संघसंस्थाहरूले यस मामिलामा पारदर्शिता अपनाउन माग गरेका छन्।

