



गत माघ १४ गते बाट कनकाईको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समाले सँगै न्यौपानेले कर्मचारी तर्फ विभिन्न शाखा प्रमुखहरूलाई राखेर अहिलेसम्मका भएका प्रगति विवरणको जानकारी लिँदै आगामी दिनमा नीति नियम सङ्गत सेवा प्रवाहमा छिटो छरितो र चुस्तदुरुस्त गर्न निर्देशन समेत दिएका छन् ।

लामो समय सम्म स्थानीय तहको जिम्मेवारी सम्हाल्दै कनकाईमा आई पुगेका न्यौपानेले बिना कारण कर्मचारीहरूको तर्फबाट सेवा प्रवाहमा ढिलाई गर्न नहुने भन्दै जनप्रतिनिधि , योजनाका काममा विभिन्न उपभोक्ता समिति, ठेकेदार कम्पनी सबैको सहकार्य गरि कामलाई निश्चित समय अवधिमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले कनकाईमा जिम्मेवारी समाले पछि अहिले धमाधम योजना सम्झौता, योजनाको अनुगमन सम्पन्न गरेकाहरूको भुक्तानी, विभिन्न समय देखि रोकिरहेको शिक्षक, कर्मचारीहरूको तलब भुक्तानी, सामाजिक सुरक्षा भत्ता वितरण लगायतका कामलाई तिव्रता दिइएको नगरका एक कर्मचारीले जानकारी दिए ।


मोरङको लेटाङ नगरपालिकामा दोस्रोपटक २२ महिना कार्यभार सम्हाले पछि न्यौपाने कनकाई नगरमा आएका हुन् ।मोरङको सुन्दरहरैंचा नगरपालिका विराटचोक निवासी न्यौपाने २०५४ साल फागुन १ गते नायब सुब्बा पदबाट गोस्वारा हुलाक कार्यालय काठमाडौँ बाट सरकारी सेवामा प्रवेश गरेका थिए ।
उनले जिल्ला विकास समिति ललितपुर , पाख्रिबास नगरपालिका धनकुटा, लेटाङ्ग नगरपालिका मोरङ, कानेपोखरी गाउँपालिका मोरङ , मरिण गाउँपालिका सिन्धुली त्यसपछि ५ वर्ष सम्म गृह मन्त्रालय अन्तर्गत विभिन्न निकाय हुँदै पाँचथर जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाली सकेका छन् ।


नगरपालिकामा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘नगरवासीको हित र विकासमा सदैव हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु । जति जिम्मेवार जनप्रतिनिधिको हुन्छ त्यति त कहाँ कर्मचारीको हुन्छ र रु तर पनि म आफू जुनसुकै ठाउँमा पुगेपनि त्यहाँ जनप्रतिनिधि ,कर्मचारी, आम नागरिकको सहकार्यमा कामलाई अगाडी बढाउदै आएको छु । कनकाईमा अधिकतम र उच्चतम सेवा प्रवाहलाई पारदर्शी बनाउदै संस्थागत सुशासनलाई मजबुत बनाउनदै लैजाने छु ।’
यता नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिकामा जनप्रतिनिधिबाट हुने कामहरू निरन्तर अघि बढीरहेको र अब भने प्रशासनिक कामले पनि गति लिने बताए । अहिले कनकाईमा नयाँ प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी समालेसगै दुई पटक कार्यपालिका बैठक बसेको त्यस्तै १७ औं नगरसभा अन्तर्गत बैठक जारी रहेको, आगामी ५ गते सोमबार सार्वजनिक सुनुवाइको कार्यक्रम समेत रहेको बताए ।